कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
काठमाडौँ । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– तिनपाने खण्डमा रक कटिङ कार्य भैरहेको अवस्थामा सडक भासिएर पहिरो गएको कारण कान्तिराजपथ पूर्ण रुपमा बन्द हुन पुगेको कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।
आज विहान मकवानपुरको बुद्धचोकबाट ५५ प्लस ५५० किमीको सडक खण्डमा रक कटिङ कार्य हुँदै गर्दा सडक भासिएको हो । रक कटिङ हुँदै गरेको भएतापनि साना सवारी साधनहरुलाई एक तर्फी सुचारु गर्दै आएतापनि एक्कासी सडक किनाराको तारजाली वाल नै भासिएर सडक पूर्ण क्षति भई पहिरो गएको अवस्था भएको कारण सवारी आवागम पूर्ण रुपमा बन्द गर्नु परेको ई. महर्जनले बताए ।
गत बैशाख १६ गतेदेखि जेठ १५ गतेसम्म बिहान ४ बजेदेखि बिहान ९ बजेसम्म र मध्याह्न १२ बजे देखि साझ ६ बजे सम्म बन्द हुने ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरेको थियो । उक्त सडकको विभिन्न ५ स्थानमा सिंगल लेन भएको ठाउँमा कडा चटान कटिङ गरि डब्बल लेन सडक निर्माण गर्ने कार्य भैरहेको छ । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएकोले यसअघि आंशिक रुपमा बन्द रहेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा