Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलकाठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै


काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ भाग लिन आग्रह गरेका छन् ।

‘खेल खेल्नुअघि जितको आकांक्षा राख्नुपर्छ, खेल समापनपछिको नतिजालाई सहज रुपमा स्वीकार गर्नुपर्छ ।’ मंगलबार बेलुका छाउनीस्थित नेपाली सेनाको अभ्यास मैदानमा पुगेर खेलाडीहरुलाई हौसला प्रदान गर्दै भने, ‘काठमाडौँको पहिचानमा खेल विधा सशक्त बन्न सक्छ भन्ने कुरा यहाँहरुको खेलले प्रमाणित गर्ने अपेक्षा गरेका छौँ ।’

खेलाडीहरुसँग खेल विकासका बारेमा कुरा गर्दै प्रमुख शाहले, वडा नं. ५ को सानो गौचरण खेल मैदान, वडा नं. ३२ जडीवुटीमा रहेको मैदान स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए । यससँगै विभिन्न खुला ठाउँलाई फुटबल अभ्यास गर्न सक्ने बनाइने उनको भनाइ छ ।

वैशाख १५ गते सुरु भएको खेलअन्तर्गत आज महानगरपालिकाको टीम र बुढानीलकण्ठ नगरपालिकाको टीमका बिचमा गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा प्रतिस्पर्धा हुनेछ । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र खेलकुद विज्ञ नविन चित्रकारले गरेका हुन् ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएको नगरपालिकाले जनाएको छ । ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता छ ।

हरेक खेलमा २० जना खेलाडी र ४ जना कार्यालयका अधिकारी गरी २४ जनाको सहभागिता हुनेछ ।

प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

Techie IT