Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको छः सीके राउत

उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको छः सीके राउत


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् ।

सीकेले फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन । इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन । झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ, फेरि गठबन्धनकै सरकार बनिरहनेछन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई–महिनामा ढलिरहनेछन्, गठबन्धनको बैठकमा भागबंडाको विषयले मात्रै प्रवेश पाइराख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भइराख्नेछन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राउ परिराख्नेछन् ।’

निर्वाचनले सम्बद्ध सबैलाई हाल आफू उभिएको धरातल देखाइदिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘हो, हाम्रो धरातल देखिएको छ । र जनताले पनि पुनर्विचार गर्नु जरूरी छ । मत नयाँलाई नदिने, अनि सारा आकाशपातल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’

आगामी निर्वाचनमा दुईतिहाइ ल्याउने लक्ष्यका साथ हिँडेको रास्वपाको जमानत जफत भएपछि अब सोच्न आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT