Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिहामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छः माधव नेपाल

हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छः माधव नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आक्रामक टिप्पणी गरेका छन् । अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले टिप्पणी गरेका हुन् ।

एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै उनले आफूहरुप्रति ओलीले नकारात्मक सोच राखेको टिप्पणी गरे । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरु पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ ।’ उनले भने ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान विपरीत कार्यलाई अझै सही गरेँ भन्दै हिँडेकाले समस्या भएको उनले बताए ।

‘०७४ सालमा मौका पाएर दुई तिहाइमा पुगेको स्थिति थियो। त्यो सदुपयोग गर्न सकेनौँ । त्यो गल्ती महसुस गरेर आत्मालोचना गर्नुपर्छ कि भनेर हामीलाई त्राहिमाम् भएको छ ।’ उनले भने, गल्ती हुनसक्छ, स्वीकार गर्ने, नदोहोर्‍याउने, अहिले पनि संसद् विघटन गरेको ठिक छ भन्दिने, संविधान मिचेर ठिक गरियो भन्दिने, यस्तो कुरा जान हुँदैन । त्यही पनि अब पुरानो कुरा नगरौँ भने पनि ठिकै छ ।’

उनले अब पुराना कुरा छाडेर नयाँ हातेमालो गर्दै अगाडि बढ्न प्रस्ताव गरे । उनले आफूहरू कम्युनिष्ट आन्दोलनको रक्षाको लागि समाजवादी मोर्चा गठन गरेको बताए । उनले भने, ‘अहिले समाजवादी मोर्चा बनाएका छौँ । जिल्ला तहको कार्यक्रम गर्ने तयारी छौँ। अरू पनि आउँछन् भने स्वागत गरेका छौँ । अरू आउँदैनन् भने हामी गाली गर्दैनौँ, हाम्रो त्यस्तो संस्कार छैन। मान सम्मान गर्ने बानी बसेको मान्छौँ, कसैलाई पीडा नहोस् भन्ने ठान्ने मान्छे ।’

उनले नयाँ सत्ता समीरणमा असन्तुष्टि जनाउँदै कुनै बेला सोझो औलाले घिउ ननिस्किएपछि बङ्ग्याउनुपर्ने बाध्यता आइलाग्ने गरेको सुनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

Techie IT