Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालइलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न


काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म भएका मतदान शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

इलाम–२ मा ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यस क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता रहेका छन् । उनले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजाने क्रम जारी रहेको बताए । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए ।

मतपेटिका मतगणनास्थलमा संकलन भइसकेपछि राजनीतिक दल तथा उम्मेदवारहरुको सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ हुनेछ । मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सिटीहलमा हुनेछ ।

२०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा विभिन्न राजनीतिक दलका १२ र सात स्वतन्त्र गरी १९ जना चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र पहिचानवादी समूहबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यसैबीच, बझाङ प्रदेश सभा १ मा करिब ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था रहेको बताए । उनले साइपाल गाउँपालिका लगायत विकट स्थानमा फोन सम्पर्क हुन नसकेकाले एकीन तथ्याङ्क संकलनका लागि समस्या भएको बताए । लामिछानेका अनुसार साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ । मौसमले साथ दिए धूली र काडाँको मतपेटिका आजै सदरमुकाम चैनपुर ल्याउने प्रयास भइरहेको छ । तर मौसम बदली भइरहेकाले एराङकुरीडाँडाको मतपेटिका ल्याउन नसकिने स्थिति रहेको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT