एजेन्सी । बलिउड अभिनेता आशिष विद्यार्थीले सबैलाई चकित पारेका छन् । उनले ५७ वर्षको उमेरमा दोस्रो विवाह गरे । यो खबर सामाजिक सञ्जालमा निकै भाइरल बन्यो ।
तस्बिर भाइरल भएसँगै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना समेत भयो ।
तस्वीरमा आशिष आफ्नी नयाँ श्रीमतीसँग निकै खुसी देखिएका छन् ।
तर, ट्रोलिङबाट अभिनेता निकै चिन्तित भएका छन् र हाल उनले यस विषयमा आफ्नो मौन तोडेका छन् ।
ट्रोलिङबाट हैरान भएका आशिष विद्यार्थीले ट्रोल गर्नेलाई गाली गरेका छन् ।
मिडियासँगको कुराकानीमा आशिषले जबाफ दिएका हुन् ।
आफूलाई ‘बुढो’, ‘कमजोर’ जस्ता ट्याग पनि दिइएको उनले बताए ।
अन्तर्वार्तामा आशिषले भने, ‘मैले बुढा, खुसट जस्ता धेरै नराम्रा शब्दहरू पढेको छु, तर सबैभन्दा रमाइलो कुरा के हो भने यस्ता कमेन्ट हामीजस्ता व्यक्तिबाट आएको हो ।’
यसबारेमा थप कुरा गर्दै आशिष विद्यार्थीले भने, ‘हामी आफैंलाई भन्दैछौँ, ‘हे सुनौँ, बुढो भइसकेकाले यस्तो काम नगरौँ । त्यसोभए के यसको मतलब हामी यसरी मर्नु पर्छ ? यदि कोही अगाडि बढ्न चाहन्छ भने किन हुँदैन ?’