Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थसर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न


काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५% (कर सहित) नगद लाभाँस बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्, स्वतन्त्र संचालकमा एक (१) जना नेहा अग्रवालज्यूलाई मनोनीत गरिएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सी. ले कम्पनीका सबै संचालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा शेयरधनीहरुप्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हाल सम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT