Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्याय: ईश्वर पोखरेल

मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्याय: ईश्वर पोखरेल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।  उनले स्व. नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले शासन सत्तामा रहँदा मात्रै नभइ स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहेकाे बताए । उनले कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनैपनि अतिवादमामा स्व. अधिकारी नरहेकाे बताए । उनले स्वभाव र विचारमा नरम देखिएपनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहेकाे बताए । उनले अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक बताए ।

‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा पनि बुझ्नुपर्दछ । उहाँ अनेक उत्तारचढावहरु भए तर कहिले पनि खण्डित हुनु भएन । कहिले पनि विश्रृंखलित हुनु भएन । उहाँ कम्युनिष्ट आन्दोलनभित्रको निरन्तरताको पर्यायको रुमपा रहनुभएको छ । उहाँ शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत पनि रहनुभयो । त्यसकारले हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ । ’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशिलताप्रति गम्भीर रहेकाे बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT