Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै देउवाको असन्तुष्टि

भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै देउवाको असन्तुष्टि


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार ललितपुरको गोदावरीथित सनराइज हलमा नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्नसमेत गरे ।

कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो । उनले मदन भण्डारी आफूहरुको पनि नेता भएको उल्लेख गर्दै उनको हत्यारा पत्ता लगाउने काम किन गरिएन भन्ने मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे ।

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताए। उनले कांग्रेसलाई गाली गर्नेहरुले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताए ।

‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राईभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन । भनेदेखि मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुस् केही छैन,’ सभापति देउवाले भने, ‘तर आफ्नो पनि भन्नु पर्‍यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन, कांग्रेस लुकेको छ यहाँ ? कहाँ लुकेको छ ? त्यसैले यो रहस्यमय हत्या । दुई पटक राष्ट्रपति बनिसक्नु भयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्‍यो तपाईंहरुले ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT