Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालगोरखास्थित वीरेन्द्र हिमतालमा हिमपहिरो, सतर्क रहन आग्रह

गोरखास्थित वीरेन्द्र हिमतालमा हिमपहिरो, सतर्क रहन आग्रह


काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमतालमा पहिरो खस्दा पानी हल्लिएर तल्लो सतहमा पोखिएको छ ।

मनास्लु हिमालको बेसक्याम्पमा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा तालबाहिर पानी खसको सामागाउँ प्रहरी चौकीले जनाएको छ ।

हिमतालको पानी बाहिर खसेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ । बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले आग्रह गरको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT