Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुनकोशी–मरिण डाइभर्सन आयोजनाको ब्रेक थ्रुको तयारी

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ब्रेक थ्रुको तयारी


सिन्धुली । सन्धुलीमा संचालित सुनकोशी मरिण डाइभर्सन आयोजनाको आगामी वैशाख २६ गते ब्रेक थ्रु गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सम्पन्न भइ वैशाख २६ गते विशेष कार्यक्रमका साथ ब्रेक थ्रु गरिने भएको हो ।

कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्धे १३ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न भइसकेको अवस्थामा आयोजना कार्यालयले बैशाख २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट सुनकोशी गाउँपालिकाको वडा नं–७ मझुवा कानढुंग्ीमा सो सुरुङको ब्रेक थ्रु गर्ने तयारी गरिएको सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए ।

गत २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सुनकोशी मरिण डाइभर्सन बहुदेश्यीय आयोजना एक वर्ष १० महिनामा निर्माण सक्ने लक्ष्य राखिएकोमा तीन महिनाअघि एक वर्ष ७ महिनामै ब्रेक थ्रो हुन लागेको हो ।

नेपाल सरकारसँग २०७७ चैतमा कुल १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ निर्माणको ठेक्का चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले सम्झौता गरी कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण थालिएको आयोजनाको सुरुङ कूल १३.३ किलोमिटर लामो लम्बाइको हो ।

यसबीचमा सुरुङ निर्माणका क्रममा भुगर्भभित्र टिबिएम माथि पहिरो खस्दा पटक पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अवरुद्ध समेत भएको थियो ।

यस आयोजनाबाट तराई–मधेसमा एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सिन्धुलीको सुनकोशी गाउपालिका ७ मझुवा कानढुंग्रीबाट सिन्धुली र रामेछापको सिमा हुदै बग्ने सुनकोशी नदीमा ३० मिटर उचाई र १ सय ५८ मिटर लम्बाईको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारमा झारिने छ ।

६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ७ मेघावाट विद्युत उत्पादन गरिनुका साथै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT