गृहपृष्ठ ∕
नेपाल ∕
बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह
काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ ।
शुक्रबार बिहान बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका छन् ।
गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका९३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिनको अवस्था थाहा हुन सकेको छैन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी