Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’ भिडियो पसल एपमा रिलिज

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’ भिडियो पसल एपमा रिलिज


काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज गरिएको छ । नयाँ वर्षको छेको पारेर रिलिज गरिएको उक्त चलचित्र नेपाल बाहिरबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ ।

चलचित्र ‘एक भगवत् र एक गीता’ लैङ्गिक अल्पसङ्ख्यक समुदाय र मधेसको कथावस्तुमा निर्माण गरिएको हो । यो चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको जनाइएको छ ।

झरना थापाको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगर सँगै कबिर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धिरज ठाकुरको पनि अभिनय रहेको छ । सुनिलकुमार थापाको निर्माणमा बनेको चलचित्रको कथा निर्देशक झरना थापाको रहेको छ ।

नयाँ वर्षको माहौलमा विदेशमा रहनु हुने दर्शकहरूका लागी चलचित्र ‘एक भगवत् र एक गीता’ राम्रो कोशेली हुने भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउँछन् । बिशेषत विदेशमा सब परिवार एक साथ नेपाली चलचित्रमा रमाउने हुँदा उक्त चलचित्र सम्पूर्ण वर्गका दर्शकको लागी फिट हुनेमा उनी बिश्वस्त छन् ।

सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २ ।९९ डलर देखी ५ ।९९ डलरसम्म विभिन्न प्याकेज लिई ४क गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

२०१७ देखि सञ्चालनमा रहेको भिडियो पसलमा ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’ ‘मन्त्र’, ‘लाखे’ लगायतका चलचित्रहरू हेर्न सकिन्छ । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT