Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल


काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो चलचित्र देशको चार दर्जन भन्दा बढी चलचित्र घरमा प्रदर्शन भईरहेको छ । चलचित्र शुक्रबार भोलीबाट दोश्रो सातामा पनि प्रदर्शन हुने भएको छ ।

यो चलचित्रले रिलिजबाटै समाजका लब्ध प्रतिष्ठित दर्शकलाई हलसम्म डोर्याइरहेको छ । यसै क्रममा केही दिनअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्राईले चलचित्र हेर्दै चलचित्रको कथ्य शैलीको मुक्त कण्ठले प्रशंसा गरेका थिए । यस्तै हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘द रेड सुटकेस’ हेरे ।

मन्त्री अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चलचित्रकर्मी असिम शाह र पार्टीका महामन्त्री मुकुल ढकालसँग चलचित्र हेरेका हुन् । उनले चलचित्रको सुरुवात सुस्त रहे पनि सकिँदासम्म भावुक बनाएको बताए । चलचित्रले रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि क्रान्तिको सुरुवात गरेको प्रतिक्रिया मन्त्री अर्यालले दिएका छन् ।

‘चलचित्रमा मैले मुलतः दुइटा कुरा पाएँ । पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ । दोस्रो चाहिँ यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,’ उनले भने, ‘ संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको पनि नेतृत्वमा छु । चलचित्रले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ । त्यो उत्कृष्ट छ ।’

उनले चलचित्रलाई एक शब्दमा अभिव्यक्त गर्दा चाहिँ यो क्रान्तिको सुरुवात गर्ने र सम्पूर्ण नीति निर्माणको तहमा बस्ने व्यक्तिले हेर्नुपर्ने चलचित्र बनेको बताए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री मुकुल ढकालले पनि चलचित्रले अनौठो शैलीमा देशको समस्यालाई अभिव्यक्त गरेको प्रतिक्रिया दिएका थिए ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्रले उत्कृष्ट समीक्षाहरु पाइरहेको छ । चलचित्रले पाएका दर्शक र समीक्षाबाट आफूहरु सन्तुष्ट रहेको निर्माता रामकृष्ण पोखरेलले बताएका छन् ।

आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT