गृहपृष्ठ ∕
नेपाल ∕
धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण धनुषाले प्याजसहितको ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
शंकास्पद कागजपत्रको आधारमा शहीदनगर नगरपालिका–२ तीनकोरिया बीरेन्द्रबजारबाट प्याजसहितको ट्रक समातेको र आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद प्याज तीन लाख २७ हजार रुपैयाँ बराबरको रहेको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण मातहतको बीओपी फुलगामाले हिजो दिउँसो मुसहरनिया गाउँपालिका–६ मरघटियाबाट भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ ।
मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार बराबर छ । आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा