Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक


काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

यो एल्बममा गौतम बुद्धप्रति समर्पित बौद्ध श्लोक (मन्त्रोचारण) ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी…’ समेटिएको छ । यतिधेरै कलाकारको स्वरमा रेकर्ड भएको बुद्धम् शरणम् गच्छामी… श्लोक (मन्त्रोचारण) यो नै पहिलो हो ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यो श्लोक एल्बमको काठमाडौँको जमल स्थित नाचघरमा लोकार्पण गरेका छन् । बिमोचन समारोहमा बोल्दै उप्रधानमन्त्री यादबले हामीले सिक्दै भोग्दै र पढ्दै जानेको समाजबाद गौतम बुद्धले पहिला नै प्रतिपादन गरिसकेको बताए । गौतम बुद्ध नेपालमा नै जन्मेका हुन भन्ने सन्देश विश्वभर फैलाउनको लागि तयार पारिएको यो श्लोकले विश्व शान्तिलाई मजबुत बताउने विश्वास उपप्रधानमन्त्री यादवले व्यक्त गरे ।

यो एल्बमलाई बुद्धशान्त पार्क निर्माण समितिले तयार पारेको हो । यो श्लोक एल्बमको सँगीत जुलग डँगोलले गरेका हुन् । जसमा अग्रज गायक गायिकाहरु ज्ञानु राणा, संगीता राना, जुजुकाजी रंजित, अमरराज शर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य, बिजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, सरिता भारती लगायत १०८ जना गायक गायिकाको स्वरमा ४३ मिनट लामो बुद्धम् शरणम् गच्छामी श्लोक रहेको छ ।

यो श्लोकलाई १०८ पटक नै गायर तयार गरिएको पनि संगीतकार जुगलले जानकारी गराए,‘हरेक कलाकारले एक एक पटक यो श्लोक गाउनुका साथै सामुहिक रुपमा पनि गाउनु भएको छ । यसरी १०८ जनाको स्वरमा तयार पारिएको यो मन्त्रोचारण माधुर्य बनेको छ ।’

सो कार्यक्रममा बोल्दै भिक्षु धर्ममूर्ति भन्तेले यसरी बुद्धम् शरणम् गच्छामी जस्तो पवित्र श्लोकलाई १०८ जनाको स्वरमा रेकर्ड गरेर एल्बमको रुपमा ल्याउनु ऐतिहाँसिक कार्य भएको बताए ।

बौद्धमार्गीहरुले १०८ पटक मालामा मन्त्र जप्ने भएकाले सोही आधारमा १०८ जना कलाकारहरुको स्वरमा यो श्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताएका छन् । हाल अडियोको रुपमा सार्वजनिक गरिएको यो एल्बमको श्लोकलाई भिडियोको रुपमा चाँडैनै तयार गरेर ल्याउने पनि अध्यक्ष शान्तबहादुर शाक्यले जानकारी गराएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT