Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसहकारी रकम हिनामिनामा सरकारकै मन्त्री संलग्न रहेको घामजत्तिकै छर्लङ्ङ छ: कांग्रेस

सहकारी रकम हिनामिनामा सरकारकै मन्त्री संलग्न रहेको घामजत्तिकै छर्लङ्ङ छ: कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारकै मन्त्री संलग्न रहेको घामजत्तिकै छर्लङ्ङ भइसकेको बताएको छ।

आइतबार बसेको संसदीय दल बैठकले सहकारी प्रकरणमा जनताका सवालमाथि छलफलबिनै सरकारले अप्रत्याशित रूपमा संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुले सहकारी प्रकरणमा मन्त्रीको संलग्नता झन् पुष्टि गर्ने देखाउने कांग्रेसको भनाइ छ।

लाखौं जनताले सहकारीमा जम्मा गरेको अर्बौं रकम हिनामिना ठगी भएकोले संसदीय छानबिन गठन गरिनुपर्ने विषय कांग्रेसले विगत एक महिनादेखि उठाउँदै आएको थियो।

गत शुक्रबारको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

लामो समयदेखि कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो। तर सत्तापक्षले भने संसदीय छानबिन समिति गठन गर्न नसकिने प्रतिक्रिया दिने गरेका थिए।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नसक्ने चेतावनी दिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT