Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालउपप्रमुख न्यौपाने सहित आठ विरुद्ध आरोपपत्र दायर

उपप्रमुख न्यौपाने सहित आठ विरुद्ध आरोपपत्र दायर


काठमाडौँ । गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनासहित आठ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोप लागेको छ ।

गल्याङ–३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको भन्दै आरोपपत्र दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उपप्रमुख तथा सहकारीका तत्कालीन उपाध्यक्ष तिमिल्सिना, कृषि विकास निर्देशनालय गण्डकीका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, इन्जिनियर विश्वनाथ पौडेल, अर्थबिज्ञ भानुभक्त भट्टराई, सहकारीका तत्कालीन अध्यक्ष हरिलाल खनाल, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङका व्यवसायी महेन्द्र भनिने श्रीमप्रसाद श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

यहाँ श्रीप्रसादको कित्ता नं ५३८ र ५४२ नम्बरको जग्गा सम्झौता गरी सोही अनुसारको जग्गा यकिन नगरी सडक विभागको अधिकार क्षेत्रभित्र रहेको कित्ता नं २९२३ र २९२४ जग्गामा नगरपालिकाबाट नक्सा पास नगरी भवन बनाइएको छ ।

भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट २०७५–७६ मा २८ लाख ३७ हजार २१७ रुपियाँ अनुदान प्राप्त गरेको थियो । आरोपपत्र दायर भएको आठै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर भएकाले ऐनको दफा ३ ९१० र ३ ९१० छ बमोजिम कैद तथा जनही २८ लाख ३७ हजार २१७ रुपियाँ बिगो, माग दाबी गरिएको छ ।

सम्झौता विपरीत निर्माण गरिएको संरचना अविलम्ब हटाउन सडकले जानकारी दिएको र भविष्यमा अस्तित्वमा नरहने र खर्च खेर गई सरकारी सम्पत्ति हानी नोक्सानी हुने गरी कार्य गरेको हुँदा सजायको माग गरिएको छ ।

उपप्रमुख तिमिल्सिना अहिलेको सहकारीको अध्यक्ष समेत रहेका छन् भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम कुनै व्यक्ति वा राष्ट्रसेवक कर्मचारीविरुद्ध दफा ३६ बमोजिम मुद्दा दायर भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT