Techie IT
२०८१ चैत्र १५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालउपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।

यसैगरी राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ ।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि तयारी समीक्षा गरेको आयोगले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका

लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज । पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई

आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा

काठमाडाैँ । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधि सम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि

चितवनमा राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ

Techie IT