Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपालमा ई–सिगरेट बन्द हुने

नेपालमा ई–सिगरेट बन्द हुने


काठमाडौँ । नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिए ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, प्रयोग आयत बन्द गर्ने उल्लेख गरेकाले अब छिट्टै कार्यान्वयनका लागि जाने जानकारी दिए ।

उनले भने, “यो निर्देशिका निस्किसकेपछि नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा भएको थियो । हालै अदालतले निर्देशिका नियम, कानुन र ऐनसम्मत भएको सफाइ दिएको छ । अब निर्देशिका कार्यान्वयनमा गएपछि ई–सिगरेट नेपालमा बन्द हुन्छ ।”

बन्द गर्न अर्थ मन्त्रालयमा पत्र पठाइसेको जानकारी उनले दिए । उनका अनुसार बन्द भइसकेपछि ई–सिगरेट उपभोग, बिक्री, वितरण, उत्पादन, आयत गर्न पाइनेछैन ।

कार्यक्रममा डा. जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा लाग्ने अन्तः शुल्कलाई अझ प्रभावकारी बनाउन वर्षेनी कम्तीमा ३५ प्रतिशत वृद्धि गर्न सरकारसमक्ष माग गरे ।

हुक्का ई–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनु पर्ने, अन्तः शुल्क वृद्धि गर्न उनले माग गरेका थिए ।

प्रतिष्ठानका अनुसन्धानकर्ता कमल चौलागाईले सुर्तीजन्य पदार्थको उपलब्धता र पहुँचलाई कम गर्न विद्यमान नीतिहरुको प्रभावकारी कार्यान्यन गर्न सरकारसमक्ष माग गरे ।

स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा. केसीले आगामी आर्थिक वर्षमा कर बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिठी पठाइसकेको जानकारी दिए ।

मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमन सिंहले वर्षमा एक करोड मानिसले एक अर्ब रुपियाँ धुवामा उडाउने गरेको बताए । प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदन मन्त्रालयलमा छलफल गरेर उपयुक्त निचोड नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता गरे ।

प्रतिष्ठानले सार्वजनिक गरेको सर्वेक्षणले नेपालमा प्रत्येक वर्ष ३७ हजार ५२९ जनाको मृत्यु हुने गरेको देखाएको छ । उक्त प्रतिवदेन अनुसार सुर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ३४ प्रतिशत अर्थात् ६७ लाख सुर्तीजन्य प्रदार्थ प्रयोगकर्ता छन् ।

उहाँका अनुसार सिगरेट ३८.४ प्रतिशत, चबाउने सुर्तीजन्य पदार्थ ६७.३, हुक्का ८.३ प्रतिशत ई–सिगरेट २.२ प्रतिशत र विडी ११.१ प्रतिशतले प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिष्ठानका अनुसन्धानकर्ता चौलागाईले युवा वर्षमा हुक्का, ई–सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

Techie IT