Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगोरखपुरमा ‘द अनब्रेकेबलः अगस्त्य’

गोरखपुरमा ‘द अनब्रेकेबलः अगस्त्य’


काठमाडौँ । नेपाली चलचित्रसमेत दुई भागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल: अगस्त्य’ को दुई भागमा तयार हुने गरी छायाङ्कन सुरु भएको छ । भारतको गोखरपुर मन्दिरमा पूजा गरी सुरु गरिएको छायाङ्कनको तालिका २० दिनको रहेको निर्देशक चौधरीले जानकारी दिए ।

उनले भने, “हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिका नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरेको छु, दुई भागमा तयार गर्ने योजनासहित सुरु गरेका हौँ ।” निर्देशक चौधरीले कथा लेखनकै क्रममा एक भागमा नसकिने भएपछि दुई भागलाई नै तयार गरिने योजना बनेको जानकारी दिए । यद्यपि अहिले दोस्रो भागको केही दृश्यमात्र खिच्ने उनको योजना छ ।

निर्देशक चौधरीले भने, “दुई भागमा मात्र कथा सकिने छ, भारतको गोरखपुर र बनारसमा छायाङ्कन सकिएपछि नेपालका काठमाडौँ र नवलपरासीमा बाँकी छायाङ्कन हुने तालिका निर्धारण गरिएको छ ।” चलचित्रमा अभिनेता सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरि, रवीन्द्र झा, विजय बराल लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT