Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक

‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक


काठमाडौँ । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ।

एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको चलचित्रकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन्। अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास अनिताको छ।

केही दिनपछि केही लक्षित दर्शकहरूको लागि विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन्। हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

इटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार

Techie IT