Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थलक्ष्मी सनराइज बैंकद्वारा लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन

लक्ष्मी सनराइज बैंकद्वारा लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन


काठमाडौँ । लक्ष्मी सनराइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ इम्पावरिङ वुमन इन लिडरसिप(इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल, भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आ(आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यावसायिक विकास तथा मानसिक एवम् शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी ट्रनओभर रेसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको १ प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने प्रयास सकारात्मक परिणाम भएको बैंकले बताएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

सुनको भाउमा नयाँ कीर्तिमान

काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी

इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवा

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

शेयर बजार आज पनि घट्यो

काठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२

सुनको मूल्य चार दिनदेखि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार

Techie IT