Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय

सचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्रा।सङ्गीता सिंह, डा. कुसेन्द्रबहादुर महत, प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए ।

यसैगरी, बैठकले नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात र नेपाली तीन जना गरी दश जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

आज हरितालिका तीज

काठमाडौँ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ

Techie IT