Techie IT
२०८१ चैत्र २५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगृहमन्त्री लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति: प्रकाशशरण महत

गृहमन्त्री लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति: प्रकाशशरण महत


काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

बुधबार संसद भवन परिसरमा कुरा गर्दै सांसद महतले नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा कांग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसावले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।

सांसद महतले कांग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताए । उनले कांग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताए । उनले संसदीय समिति वा न्यायिक समितिहरु गठन हुनुपर्ने बताए । उनले राजीनामै काँग्रेसको पूर्वशर्त नरहेको उल्लेख गर्दै स्वार्थ नबाझिने गरी छानबिन गर्न माग गरेको बताए ।

सांसद महतले गलत काम नगरेको भए छानबिन गर्दा समस्या नहुने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी

कैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली

Techie IT