Techie IT
२०८१ चैत्र १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि संसद् बैठक आइतबारसम्मलाई स्थगित

कांग्रेसले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि संसद् बैठक आइतबारसम्मलाई स्थगित


काठमाडौँ । सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार दोस्रो पटक पनि बसेको प्रतिनिधि सभामा अवरोध गरेको छ ।

शुक्रबार दोस्रो बैठक बस्नेबित्तिकै सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए । शुक्रबार संसद् बैठक चलिरहँदा कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बोल्दै विवादित व्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए ।

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन प्रस्ताव पेस गर्न गृहमन्त्री लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरूले ड्यासबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरे । कांग्रेस सांसदरहरूले कयौँ सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे प्रष्ट जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताए ।

त्यसपछि सभामुख घिमिरेले आइतबार बिहान ११ बजे बस्ने गरी संसद् बैठक स्थगित गरिदिए । यता सरकारले भने सहकारी ठगी र सुन तस्करी प्रकरणमा आगामी मंगलबार प्रधानमन्त्रीले जवाफ दिने जानकारी संसद्‍लाई दिइसकेको छ ।

यसअघि शुक्रबार नै बसेको पहिलो बैठकमा कांग्रेस सांसदहरू उठेर संसद्मा अवरोध गरेका थिए । सभामुख घिमिरले प्रधानमन्त्रीबाट जवाफ आउने बताउँदै बैठक अघि बढाउन आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरू तयार भएनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका

लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार

Techie IT