Techie IT
२०८१ चैत्र १७, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकम्युनिस्टलाई गोलबन्द गरिने भए पार्टी एकताका निम्ति तयारः माधव नेपाल

कम्युनिस्टलाई गोलबन्द गरिने भए पार्टी एकताका निम्ति तयारः माधव नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै कम्युनिस्टलाई गोलबन्द गरिने भए पार्टी एकताका निम्ति तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टीका महिला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूलाई पद ओगट्ने चाहना पनि नभएको बताएका हुन् ।

‘हामी सिंगै देशका कम्युनिस्टलाई मिलाउने हो, मिलाउन तयार छौँ । सबै कम्युनिस्टलाई गोलबन्द गर्न तयार हुनुहुन्छ भने तयार छौँ । देश बनाउनुछ हामीलाई । हामीलाई कुनै पद ओगटेर बस्नु छैन,’ उनले भने, ‘हामीलाई प्रधानमन्त्री पद पनि चाहिएको होइन । पार्टी अध्यक्ष पद पनि चाहिएको होइन । हामीलाई खालि देशको प्रगति र परिवर्तन चाहिएको हो ।’

उनले पार्टी छाडेर नेकपा एमालेमा फर्किएका मुकुन्द न्यौपानेलगायत नेताको बिजोग रहेको भन्दै सोचेर मात्र बोल्न आग्रह गरेको सुनाए ।

उनले विभिन्न विषयमा कसरी अघि बढ्ने भनेर छलफल चल्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका

लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार

Techie IT