गृहपृष्ठ ∕
राजनीति ∕
ज्ञानेन्द्र शाहीको प्रश्नः देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै ? ज्ञानेन्द्र शाहीको प्रश्नः देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै ?
काठमाडौँ । प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै छ भनेर प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले नेपालमा सरकार भए रुसमा अलपत्र परेका पाँच जना नेपालीले भारतसँग उद्धारका लागि अनुरोध किन गर्नुपर्यो भनेर प्रश्न गरेका हुन् ।
‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिनुपर्यो भनेर माग गरिरहनुभएको छ’, शाहीले भने, ‘के यसले नेपाल देशमा सरकार छ भन्ने बुझाउँछ ? कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना ।’
उनले रसियामा रहेका गोरखाका एक नेपालीको अवस्थाबारे चर्चा गर्दै गोरखाबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्री भए पनि तर आफ्नै निर्वाचन क्षेत्रका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले देशका सबै जनताको उद्धार गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति