Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसको प्रश्नः कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला ?

कांग्रेसको प्रश्नः कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला ?


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्यबारे प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधनका क्रममा शर्माले कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला भन्दै प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको दुई तिहाईको विश्वास फिर्ता भएको उल्लेख गरेका हुन् ।

‘राजनीतिक रुपमा अविश्वास छ तर गणतीय रुपमा विश्वासको जोहो हुँदैछ । अघिल्लो पटक दुई तिहाईको बहुमत तपाईंसँग थियो, आज टेलिभिजनका क्यामरा बन्द गर्ने हो र सत्ता पक्षमा हौं त्यसैले टेबल ठोक्नु हुँदैन भन्नेबाट माथि उठ्ने हो भने आज दुई तिहाईको विश्वास फिर्ता भएको छ ।’ सांसद शर्माले भने, ‘त्यसैले पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको, पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र हिसाब ? पालैपालो विपक्षमा उभिएकाहरु एकै पक्षमा उभिए भने भनेनि, धोका खाएकाहरु एकै ठाउँमा हौं भने भने नि ?’

पूर्वप्रधानमन्त्री केपी ओलीले कांग्रेसले कुरा गर्न खोज्दा नचाहेको भनेपछि जवाफमा शर्माले कांग्रेस र एमालेको कुरा चल्यो भन्ने प्रधानमन्त्रीको यात्रा कता चल्छ भन्दै प्रश्न गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT