Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारको गियर परिवर्तन गर्न गठबन्धन परिवर्तन गर्नुपरेको प्रधानमन्त्रीको दाबी

सरकारको गियर परिवर्तन गर्न गठबन्धन परिवर्तन गर्नुपरेको प्रधानमन्त्रीको दाबी


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गियर परिवर्तन गर्न गठबन्धन परिवर्तन गर्नुपरेको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आज विश्वासको मत लिनेक्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् गतिमा नभएकाले परिवर्तन गरेको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’

उनले तत्कालीन अवस्थामा विकासको गतिबाट सन्तुष्ट नभएको अभिव्यक्ति दिएर सरकार पुनर्गठन गर्नुपर्छ भन्दा पनि वातावरण बन्न नसकेको धारणा राखे । उनले गठबन्धनभित्र सरकार पुनर्गठन गर्न लाग्न साथ नदिएकाले नयाँ गठबन्धन बनाउनुपर्ने स्पष्ट पारे । उनले कांग्रेसले आफूप्रति निजी–व्यक्तिगत आक्षेप लगाएको भन्दै आपत्ति जनाए ।

उनले आफू कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री बनेको तर आफूले कांग्रेसलाई धेरै पटक प्रधानमन्त्री बनाएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले उपचुनावको प्रचारका क्रममा तोकिएकोभन्दा बढी गाडी र ‘लाउड स्पीकर’को प्रयोग भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई

सुनको भन्सार महसुल घट्यो

काठमाडाैँ । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा

निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा

मुन्दुम भ्रमण वर्षको तयारी तीव्र

भोजपुर । एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी तीव्र बनाइएको छ

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

सभामुख घिमिरे द्वारा कम्बोडियन समकक्षी सँग भेट

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट शुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ

Techie IT