प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का
काठमाडौँ । लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन् । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको बर्थ डेको अवसर पारेर हिजो शनिवार निर्माण टिम र खड्का बिच सम्झौता भएको हो ।
चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन् । साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिए ।
प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो । नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन