नयाँ मन्त्रीहरूको शपथग्रहण साँझ ५ बजे
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरूलाई शीतल निवासमा साँझ ५ बजे शपथ ग्रहणको तयारी गरिएको हो ।
एमालेबाट पार्टी सचिव समेत रहेका रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीसहित एमालेको तर्फबाट सरकारको नेतृत्व गर्ने छन् ।
एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने बताइएको छ । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो । माओवादीबाट थप दुई मन्त्रीले शपथ लिने छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।
रास्वपाले पनि थप तीनजना मन्त्री टुंग्याएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।
उपसभापति डीपी अर्याललाई श्रममा पठाइने भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी