Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी


काठमाडौँ । एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ । ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न ईएन्ड इन्टरनेसनलसँग समझदारी भएको एनसेलले जनाएको छ ।

बार्सिलोनामा बुधबार भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन् ।

यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दुरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्वपूर्ण हुने कम्पनीले बताएको छ ।

यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान गर्ने विश्वास एनसेलको छ ।

‘ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्वपूर्ण उपलब्धि हो । यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पुर्‍याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ,’ जाब्बोर कायुमोभले भने ।

ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई धेरै अवसरका साथ सशक्त बनाउने उनको विश्वास छ ।

ईएन्ड इन्टरनेसनलका साथै एनसेलका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आफ्ना सेयरधनी, व्यावसायिक साझेदार र सम्पूर्ण दूरसञ्चार क्षेत्रको प्रगतिमा योगदान पुर्‍याउन आफूहरू तयार रहेको उनले बताए ।

मोबाइल कनेक्टिभीभन्दा बाहिरसमेत नेटवर्क पूर्वाधार विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा डिजिटल नेपाल भिजनको उद्देश्य प्राप्त गर्ने लक्ष्यमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको उनले बताए । उनले भने, ‘हेयर फर यू’ अर्थात ‘हामी तपाईंकै लागि’ छौं ।’

ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए ।

ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एटिसलाट ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एक अंश हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ…

काठमाडाैँ । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिए पछि सुरक्षित…

काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध

नेपाल वायुसेवा निगम द्वारा ५३ करोड ऋण भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगमले ५३ करोड ऋण भुक्तानी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । बिहीबार सुनको भाउ हाल सम्मकै उच्च प्रतितोला १ लाख ६२

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर

Techie IT