गृहपृष्ठ ∕
खेल ∕
सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता
काठमाडौँ । राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।
सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन् । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गए राति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले करियरमा अर्को कोशेढुंगा पार गरेकी हुन् ।
सावित्राले ७६औं मिनेटमा गोल गरेकी थिइन् । उनले १–० गोलले पछि रहेको नेपालका लागि बराबरी गोल फर्काएकी हुन् ।
बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् । २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन् । जारी प्रतियोगितामा सावित्रा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा छिन् । उनको नाममा ९ गोल रहेको छ । सावित्राले समूहको पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्दा एक गोल गरिन् । दोस्रो खेलमा नेपालले इराकलाई ५–० ले पराजित गर्दा पाँचै गोल सावित्राले गरिन् । यही खेलमार्फत उनले ५० गोल पूरा गरेकी थिइन् । समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध उनले दुई गोल गरेकी थिइन् । उनी वाफ च्याम्पियनसिपमा गोल्डेन बुटको दाबेदार हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई