Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त

नेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

क्यानको आज बसेको बोर्ड बैठकले पूर्वकप्तान मल्ललाई मूख्य प्रशिक्षक र प्रशिक्षकमा पूर्वखेलाडी कलाम अलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै यू– १९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई दिनेसमेत बैठकको निर्णय छ ।

क्यानको सचिवमा निर्वाचित भएर आएपछि पूर्व कप्तान पारश खड्काको सक्रियतामा नेपालको ए टिम घोषणा गरिएको थियो ।

नेपालको इतिहासमै पहिलो पटक घोषणा भएको ए टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन् । नेपालको ए टिममा कुनैबेला राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीदेखि यू– १९ विश्वकपमा राम्रो प्रदर्शन गरेका र यस संस्करणको प्रधानमन्त्री कप एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेकाहरुलाई समावेश गरिएको छ ।

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी., आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT