गृहपृष्ठ ∕
नेपाल ∕
बालकुमारी घटनालगायत प्रश्नको जवाफ दिन सभामुखको ध्यानाकर्षण बालकुमारी घटनालगायत प्रश्नको जवाफ दिन सभामुखको ध्यानाकर्षण
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा उठाइएको बालकुमारी घटनालगायत प्रश्नको जवाफ आउँदो बैठकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभामुखको ध्यानाकर्षणसँगै सोमबार यसअघि १५ मिनेट स्थगन गरिएको प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । विभिन्न माग गर्दै यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित अरू विपक्षी दलले विरोध गरेका थिए । उनीहरूले सरकारको जवाफ र विवादित मन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरूले विरोध गरेपछि बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको थियो ।
आउँदो बैठकमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउने र कार्यसूचीमा रहेको व्यवस्थापन कार्यअन्तर्गत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत नगर्ने सहमति भएपछि बैठक सञ्चालन गर्न एमाले सहमत भएको हो ।
बैठक सञ्चालनपश्चात् सभामुख घिमिरेले कार्यसूचीअन्तर्गत रहेको तीन नम्बरको विषय हटाइएको जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा