Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआणविक बमपछि किन ‘इन्टेलिजेन्स’ स्याटेलाइटको भोका छन् किम जोङ ?

आणविक बमपछि किन ‘इन्टेलिजेन्स’ स्याटेलाइटको भोका छन् किम जोङ ?


एजेन्सी । उत्तर कोरियाले आणविक बम हासिल गर्ने इच्छा राखेको थियो, जुन उनले सन् २००६ मा हासिल गरेको थियो। त्यसपछि उत्तर कोरियाले शक्तिशाली देशहरुलाई लगातार चुनौती दिदैँ बलिस्टिक मिसाइलहरु परिक्षण गर्दै आइरहेको छ ।

किमले सत्ता सम्हाल्नेबित्तिकै संसारलाई चकित पार्दै आफ्नो देश शक्तिशाली बनाउने काममा बढी जोड दिएका थिए ।

यसले पनि के पुष्टि गर्छ भने उनी हतियारको भोका छन् ।

किम जोङ उन उत्तर कोरियाको तानाशाह बनेदेखि नै उनको देशले हतियार परीक्षण गरिरहेको छ ।

आणविक बमपछि किम जोङ उन हाल खुफिया स्याटेलाइटको भोका भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हालै किमले आफ्नो देशको पहिलो गुप्तचर उपग्रहको परिक्षण गरेका थिए।

तर, यो मिसन पूर्णतया असफल भएकाले उनले सफलता पाउन सकेनन् ।

मे ३१ मा उत्तर कोरियाले चोलिमा–१ नामक रकेटबाट गुप्तचर मालिग्योङ–१ उपग्रह प्रक्षेपण गरेको थियो।

किम जोङ उनले यो परीक्षण सफल हुने र आफ्नो भोक मेटिने आशा व्यक्त गरेका छन् ।

तर किमको उक्त अपेक्षा तयार हुनुअघि नै चकनाचुर भयो। उपग्रह केही मिनेट भित्र नै दुर्घटनाग्रस्त भएको थियो।

उत्तर कोरिया अमेरिका र दक्षिण कोरियालाई चुनौती दिदै आइरहेको छ । उत्तर कोरियाले आफूले जुनसुकै गुप्तचर गतिविधि गरे पनि अमेरिका र दक्षिण कोरियाले त्यसको जानकारी पाएको महसुस गर्दै आइरहेको छ ।

सोही कारण धेरै पटक उनको योजना असफल भएको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

Techie IT