काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग खुलस्त कुरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले मित्रसँग मित्रवत ढंगले कुरा किन गर्न नसकेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गरेका हुन्।
‘समस्या छन्, मित्रसँग मित्रवत ढंगले आफूलाई परेको पीडा किन राख्न नसकेको? ओलीले भने–खुला कुरा राख्नु पर्यो। चिसोपन र कायरपन राख्नु भएन,’ अध्यक्ष ओलीले भने।खुला कुरा गर्दा सबैलाई फाईदा हुने भन्दै खुला कुरा गर्न नसकेकोमा सरकारको आलोचना गरे।
ओलीले छिमेकीहरुसँगको सम्बन्धलाई ‘कसरी लिनुभएको छ? राष्ट्रिय हित र ईस्यूमा खुला कुरा राख्नुभएको छ कि छैन’ भनेर समेत प्रश्न गरे।
त्यस्तै, ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा पनि कुरा उठाउँदै सीमा सुरिक्षत छ कि छैन भनेर सोधे। ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको अवस्था के छ?’ ओलीले प्रधानमन्त्रीलाई सोधे, हामी सीमा सुरक्षित नै छ?’