Techie IT
२०८१ चैत्र ५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनख्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र

नख्खु कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र


काठमाडौँ । कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ‘धम्मासय’ खुलेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सो केन्द्रको उद्घाटन गरेका हुन् ।

कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौँद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै त्यहाँ ४८ कैदी बन्दीका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन हुनेछ । यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ । नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको जनाइएको छ ।

ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए । अग्रज रुपचन्द्र विष्टले आफूसँगको कुराकानीमा ुमानिसहरू सिद्धार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेकोु बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने धारणा राखे ।

कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रुप ज्योतिले मन शुद्ध भए मात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल, सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको समेत उपस्थिति थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

Techie IT