Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालमा मनोरोगीकाे संख्या बढ्याे

नेपालमा मनोरोगीकाे संख्या बढ्याे


काठमाडौँ । नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ । नेपालमा ८५ लाखभन्दा बढी मानिसमा कुनै न कुनै किसिमको मानिसक समस्या रहेको अध्ययनहरुले देखाएको छ । नेपालको कुल जनसङ्ख्या मध्य ३० प्रतिशतभन्दा बढीमा मानसिक समस्या रहेको सरकारी तथ्याङ्क छ ।

मानसिक स्वास्थ्यसँगै जोडिएर पछिल्लो समय आत्महत्याको समस्या पनि बढ्दै गएको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका छन् । मानसिक स्वास्थ्य समस्या र आत्महत्याको सिधा सम्बन्ध रहेको छ । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदाशीनतासँग सम्बन्धित छ । आत्महत्याको समग्र कारणमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या रहेको डाक्टरहरुको भनाइ छ ।

आर्थिक समस्या वा सम्बन्धमा देखा पर्ने दरार, प्रतिष्ठामा आउने आँचका कारण पछिल्लो समय मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ ।

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केतमार्फत पूर्व जानकारी दिन्छ । त्यसैले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने डाक्टरहरुले बताएकाछन् ।

यस्तै, मनलाई खुसी राख्न सके मनोरोग नलाग्ने र आत्महत्याका घटनामा पनि कमी आउने डाक्टरको सुझाव छ । मनलाई खुसी बनाउन तनावपूर्ण र समस्याग्रस्त अवस्थामा समेत सकारात्मक सोचको आवश्यकता पर्ने मनोचिकित्सक डा।सरोज ओझाले बताउनुभयो । जीवनमा आएका समस्या समाधान गर्नेतिर नलागि आत्महत्यालाई उपायको रुपमा नलिन डा।ओझाको सुझाव छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिले लिए शपथ

काठमाडौँ । राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिमा निर्वाचित सभापतिले शपथ लिएका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन्। निर्णायक बनेको जनता समाजवादी पार्टी(जसपा)को मत

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै

काठमाडौँ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ नेपालका मुस्लिम समुदायले धूमधामका साथ मनाउदैछन् । पर्वका अवसरमा

Techie IT