गृहपृष्ठ ∕
राजनीति ∕
देश भ्रष्टहरूका लागि देश स्वर्ग भयो, ब्यवस्था फेरौंः कमल थापा देश भ्रष्टहरूका लागि देश स्वर्ग भयो, ब्यवस्था फेरौंः कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल भ्रष्टाचारीहरुको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए ।
अहिलेको मुलुकको समस्या समाधान ब्यक्ति परिबर्तनबाट सम्भब नभएको चर्चा गर्दै थापाले प्रणाली र ब्यबस्था गर्नुपर्नेमा जोड दिए । भ्रष्टहरुले उन्मुक्ती पाउने ब्यबस्था लामो समय नटिक्ने भन्दै थापाले ब्यबस्था परिबर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए ।
ब्यबस्था परिबर्तनको पक्षधरहरु बीच मोर्चा निर्माण गरि आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेकोे भन्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा
काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी