Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालफोहोर टिप्ने बहानामा चोरी गरेको आरोपमा पाँच जना भारतीय पक्राउ

फोहोर टिप्ने बहानामा चोरी गरेको आरोपमा पाँच जना भारतीय पक्राउ


काठमाडौँ । काठमाडौँमा फोहोर टिप्ने बहाना बनाएर दिउँसोको समयमा चोरी गरेको आरोपमा पाँचजना भारतीय पक्राउ परेका छन् । काठमाडौँका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला मोहदीनगर घर भई हाल काठमाडौँको तिलगंगा बस्ने २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारतको वेगुसरा जिल्ला बरौनी बस्ने वर्ष २८ को जितेन्द्र पोदार, भारतकै बैशाली जिल्ला बिहार बुधुपुरका २७ वर्षीय भाईलाल पोदार, भारत समस्तीपुर जिल्ला विध्यापती थानाका ४० वर्षीय संजय पोदार र भारत समस्तीपुरकै ५० वर्षीया मञ्जु देवी पोदार छन् ।

प्रहरीका अनुसार माघ २८ गते काठमाडौँको गोकणेश्वर नगरपालिका–४ माकलवारी स्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई सुनका विभिन्न गरगहना तथा नगद गरी ६५ लाख बराबरको धनमाल चोरी भएको थियो । घटनामा संलग्न भारतीय नागरिक लक्का भन्ने विकास पोदार समेतलाई प्रहरीले बुधबार जडिबुटीबाट पक्राउ गरेको थियो ।

उनीसमेत संलग्न भई माघ २४ गते बूढानीलकण्ठ नगरपालिका–१० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख बराबरको धनमाल र २८ गते गोकणेश्वर–३ गिता राईको घरबाट सुन तथा चाँदीका गर गहना तथा नगद समेत गरि अन्दाजी ४ लाख १० हजार बराबरको धनमाल समेत चोरी गरी लगेको अनुसन्धानका क्रममा खुलेको छ ।

सो कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत, बौद्ध पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT