Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालभरतपुर अस्पतालमा मौसमी ‘फ्लु’ का बिरामी बढे

भरतपुर अस्पतालमा मौसमी ‘फ्लु’ का बिरामी बढे


नारायणगढ (चितवन) । विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ ।

मौसमी ‘फ्लु’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा।प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो । अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो ।

विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उनले बताए । फ्लु लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने खोकी लाग्ने लगायतका लक्षण देखिने गरेको उनले बताउनुभयो । फ्लुको शङ्का लागेर रगतको परीक्षण गरेर प्रमाणित गर्ने गरेको उनको भनाइ छ ।

उनले भने, “¥यापिट परीक्षण यहीबाट हुने भए पनि अन्य परीक्षण भने राष्ट्रिय प्रयोगशाला पठाउने गरिएको छ ।” मानव शरीरमा इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ हुने गरेको भन्दै उनले अहिले अत्यधिक मात्रामा इन्फ्लूएन्जा ए बढी देखिएको उनले बताए । यो भाइरसका कारण हुने भएकाले आराम गर्ने, पानी धेरै खाने, सामान्य सिटामोलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

पाँच वर्षभन्दा मुनिका बच्चा र ६० वर्ष भन्दामाथिका वृद्धवृद्धामा बढी यो समस्या देखिने उहाँले जानकारी दिए । “मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई निमोनिय बनाउने, श्वासप्रश्वासमा समस्या बनाउने जस्ता लक्षण देखिने हुन्छ”, उनी भन्छन्, “त्यस्तो अवस्थामा बिरामीलाई भर्ना गरेर औषधि दिनुपर्ने हुनसक्छ ।”

तातोपानी, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने, आराम गर्ने, चिसोबाट बच्ने, पौष्टिक तत्त्व सेवन गर्ने लगायतका उपाय अपनाएमा इन्फ्लूएन्जाबाट बच्न सकिने डा पौडेलले बताए । सावधानीका लागि सामाजिक दुरी कायम गर्न सके उत्तम हुने उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन उहाँको सुझाव छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT