Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलब्रिटिस एजुकेशन ग्रुप फुट्सलको तिनै विधाको उपाधि वेस्टमिन्स्टर कलेजलाई

ब्रिटिस एजुकेशन ग्रुप फुट्सलको तिनै विधाको उपाधि वेस्टमिन्स्टर कलेजलाई


काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप फुट्सल टुर्नामेन्टको उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ । ललितपुरमा भएको प्रतियोगिताको तीन वटै विधाको उपाधि वेस्टमिन्स्टर कलेजले जितेको हो ।

प्रतियोगितामा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज, द वेस्टमिन्स्टर कलेज, ब्रिटिस मोडल कलेज तथा ब्रिटिस प्रोफेशनल कलेजका पुरुष विद्यार्थी, महिला विद्यार्थी र महिला तथा पुरुष स्टाफसहित १२ टिमको सहभागिता रहेको थियो । सबै विधामा वेस्टमिन्स्टर कलेजले उपाधि जितेको हो ।

सिंगल राउण्ड रोविन संरचनाको खेलपछि शीर्ष दुई स्थानमा रहेका टोलीहरुले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । जसअन्तर्गत वेस्टरमिन्स्टरको पुरुष विद्यार्थी टिमले ब्रिटिस प्रोफेशनल कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । त्यस्तै, वेस्टमिन्स्टरको महिला टिमले ब्रिटिस मोडलको टिमलाई पनि पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । स्टाफतर्फको फाइनलमा वेस्टमिन्स्टरको स्टाफले ब्रिटिस कलेजको स्टाफलाई १–० गोलले पराजित गरेर उपाधि जितेको हो ।

 

जितसँगै वेस्टमिन्स्टरको तीन वटै टिमले ट्रफी, मेडल तथा नगद पुरस्कार प्राप्त गरेको छ । उपाधि विजेताहरुलाई सबै कलेजका प्रतिनिधिहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै ब्रिटिस एजुकेशन ग्रुपका हेड अफ स्कुल्स अरुणकुमार कँडेलले भने, ‘साउण्ड हेल्थ तथा साउण्ड माइन्डको आवश्यकताको अनुभूति गरेर यस प्रतियोगिताको आयोजना भएको हो । त्यस्तै, यस प्रतियोगिताले बिभिन्न स्थानमा रहेका ब्रिटिस एजुकेशन ग्रुपका विद्यार्थी तथा कर्मचारीहरुलाई एकै स्थानमा भेला हुने मौका समेत जुराएको छ । म प्रतियोगताको सबै विजयी टिम तथा सहभागीहरुलाई बधाई तथा ज्ञापन गर्न चाहान्छु ।’

त्यस्तै, तीन वटै उपाधि जितेको वेस्टमिन्स्टर कलेजका प्रमुख अरुणलाल जोशीले खुसी व्यक्त गर्दै भने, ‘ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको सबैभन्दा कान्छो संस्थाको रुपमा वेस्टमिन्स्टरका टिमहरुले उल्लेखनीय जित निकालेकोमा हामी निकै खुसी छौं । यो हाम्रो टिमका सदस्यहरु तथा स्वंसेवकहरुको समपर्ण र कडा परिश्रमको प्रमाण हो, र म उहाँहरुलाई हार्दिक बधाई दिन चाहान्छु ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT