Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनआजबाट सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २

आजबाट सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २


काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी आज सोमबारदेखी प्रसारणमा आउने भएको छ । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुनेछ ।

कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने यस शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी जज्को रुपमा भित्रिएकी छिन् । साथै अन्य तीन जज् पहिलो सिजनकै दोहोरिनेछन् । चलचित्रकी अभिनेत्री कविता सम्बन्धित रियालिटी शोको जज् किन ? भन्ने सामाजिक सञ्जालमा आइरहेका प्रश्नबारे सन्चारकर्मिले प्रश्न गरेका थिए । सोहि बिषयमा निर्देशक र अभिनेत्री अधिकारीले उक्त आलोचनाको खण्डन गरेका थिए ।

अभिनेत्री केकीले चलचित्र अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन् । उनले सबैको धारणालाई सम्मान गर्ने बताएकी थिइन् । ‘मलाई यहाँ गरिएको प्रश्न जस्तै सुरुमा निर्देशक अमनदाई लाई गरेकी थिएँ । म नै जज् किन भनेर । उहाँहरुले दर्शकको प्रतिनिधित्व गर्ने महिला जज् चाहिएको बताउनुभयो । म कला क्षेत्रमा किन छु भन्दा, यहाँ आफूलाई लागेको कुरा मजाले अभिव्यक्त गर्न सकिन्छ । म ओपनियनलाई एकदमै शिरोधार्य गर्न सक्ने व्यक्ति पनि हुँ ।’ केकीले भनिन् । ‘यो रियालिटी शोलाई विभिन्न कुराको विश्लेषण गर्न सक्ने व्यक्ति चाहिएको कारणले हो भनेपछि मैले थप गर्न जरुरी भएन । मैले चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिरहेकी छु जसले गर्दा कला साहित्यप्रति मेरो पनि जिम्मेवारी छ ।’

निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताएका थिए । निर्देशन अधिकारी भन्छन्, ‘यो शो लेखनमा मात्र आधारित शो होइन । केकी अब्बल नायिका हुन् । हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौं ।’

शोको कुल एपिसोड फिनालेलाई छाडेर ३० हुने जानकारी गराइयो । यसपटकको सिजन २ मा जज्मा केकीसँगै बिप्लब प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् भने होस्टको रुपमा दिव्यदेव रहनेछन् । आयोजकले शोको बिजेतालाई नगद १० लाख रुपैँया सहित एक पुस्तक सार्वजनिक गरिदिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम

काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज

Techie IT