Techie IT
२०८२ वैशाख १, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुग्लिन–नारायणगढ खण्ड २१ माघदेखि दैनिक ४ घण्टा बन्द हुने

मुग्लिन–नारायणगढ खण्ड २१ माघदेखि दैनिक ४ घण्टा बन्द हुने


चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।तुइन खोला पुलको जग हाल्न मुग्लिनतर्फको भित्तो काट्ने काम भैरहेको छ । त्यसका लागि हाल दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ ।

पहिलोपटक आयोजनाले गत पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेको थियो भने, दोस्रोपटक पुनः पुस २८ गतेदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको थियो । यसपटक थपिएको २१ दिन भित्र भित्तो काट्न बाँकी १३ मिटर काटिसक्ने लक्ष्य राखिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।६० मिटर अग्लो पहरो काट्ने काम गत वर्षबाट सुरु गरिएको थियो । २५ मिटर तलसम्म काटिसकेपछि कडा चट्टान भेटिएको आयोजनाले जनाएको छ । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष आयोजनाले निकालेको थियो ।तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि विष्फोटको सट्टा फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न सुझाव दिइएको थियो । सोही सुझावको आधारमा यसपटक रक स्प्लीटर, हाइड्रोलिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी आचार्य बताउँछन् ।यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो । यसपटक पहिलो २१ दिनमा १४ मिटर र दोस्रो २१ दिनमा ८ मिटर कडा चट्टान काटिएको इन्जिनियर आचार्यले बताए । अब बाँकी १३ मिटर अन्तिमपटक थपिएको २१ दिनमा भ्याइने र नभ्याए पनि सडक बन्द गर्नुपर्ने अवस्था नआउने उनले बताए ।

यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुल मध्ये यही तुइन खोलाको पुलको काम बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आइसकेका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT