एजेन्सी । भारतको बिहारको भागलपुरमा ठूलो दुर्घटना भएको छ । भागलपुरमा निर्माणाधीन पुल भत्किएको छ । यो पुल गंगा नदीमा बनिरहेको थियो ।
यस घटनामा कुनै मानवीय क्षति भएको छैन । यस घटनामा डीडीसी भागलपुर कुमार अनुरागको बयान पनि बाहिर आएको छ । बिहान ६ बजेतिर निर्माणाधीन पुल भत्केको उनले बताए ।
हालसम्म कुनै हताहतीको खबर नआएको मिडिया रिपोर्टमा उल्लेख छ ।
स्थानीय प्रशासन घटनास्थलमा रहेको बताइएको छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमार ‘पुल निर्माण निगम’सँग प्रतिवेदन मागेको बताएका छन् ।
उनले घटनाको छानबिन गर्न आदेश दिएको र घटनामा जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न भनेको मिडिया रिपोर्टमा उल्लेख छ ।
तीन किलोमिटरभन्दा लामो पुल निर्माण गरिरहेको क्रममा भत्किएको हो । उक्त पुलको निर्माणको लागत १७११ करोड रहेको बताइएको छ ।