गृहपृष्ठ ∕
खेल ∕
सन्तोषीलाई अन्तर्राष्ट्रिय म्याराथनको डेब्युमा कीर्तिमानसहित स्वर्ण पदक सन्तोषीलाई अन्तर्राष्ट्रिय म्याराथनको डेब्युमा कीर्तिमानसहित स्वर्ण पदक

फाइल फाेटाे
काठमाडौँ । सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्याराथनको डेब्युमा नै कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले स्वर्ण पदक जितेकी हुन् ।
म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । उनले स्वर्णसँगै राष्ट्रिय कीर्तिमान समेत बनाएकी छिन् ।
यसअघि पुष्पा भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमान सन्तोषीले जितेकी हुन् । यसअघि पुष्पाले बंगबन्धुमा म्याराथनमा २ घन्टा ४८ मिनेट ०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
महिलातर्फकै म्याराथनमा एपीएफकी पुष्पाले रजत पदक जितकी छन् । पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरेकस् हुन् । बंगबन्धुमा पुष्पाले यसअघि २ स्वर्ण र १ कास्य पदक जितेकी थिइन् ।
पुरुषतर्फ खडकबहादुर खड्काले कास्य पदक जितेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई