कांग्रेसले आज स्थापना दिवस मनाउँदै
काठमाडौँ । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदैछ । २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो । यस दिनलाई आधार मान्दै नेपाली कांग्रेसले हरेक वर्ष यो मितिमा स्थापना दिवस मनाउँदै आएको हो ।
स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालयसहित सातै प्रदेश तथा जिल्लाहरूमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । आज दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने भएको छ ।
नेपालमा राणाशासनविरुद्ध अभियान चलिरहेका बेला भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो । त्यस भेलाबाट नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो ।
भेलाले राणा शासनविरुद्ध लागेको आरोपमा जेलजीवन बिताइरहेका तत्कालीन प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सम्मान स्वरूप सभापतिमा चयन गरेको थियो भने बिपी कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
कैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली