गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदैभारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै नेपालीपत्र शुक्रबार, २०८० माघ १२ गते, ११:१७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको आज ७५ औं गणतन्त्र दिवस । यस अवसरमा भारतले आज गणतन्त्र दिवस तथा संविधान दिवस मनाइरहेको छ ।सन् १९५० जनवरी २६ तारिखमा संविधान घोषणा भएको दिनको सम्झनामा भारतले हरेक वर्ष आजको दिन ‘रिपब्लीक डे’ मनाउँदै आएको छ । देशका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसादले २१ तोपको सलामीसहित झन्डा फहराउँदै भारतलाई पूर्ण गणतन्त्र घोषणा गरेका थिए ।सन् १९४७, अगष्ट १५ तारिखमा भारत बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । त्यसको साँढे दुई वर्षपछि भारतले नयाँ संविधान घोषणा गर्दै गणतन्त दिवस मनाउन थालेको हो ।नयाँ दिल्लीमा भएको विशेष समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों प्रमुख अतिथिका रुपमा रहेका छन् । उनले सैन्य परेडको अवलोकन गर्नेछन् । गत वर्ष जुलाइमा फ्रान्सको राष्ट्रिय दिवस अर्थात ‘बास्टिल डे’ को कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विशेष अतिथि बनेका थिए । #भारतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयोएजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तनएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दैएजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणाएजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा इजरायलले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ४१३ पुग्योएजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायलीधेरै पढिएका खबर १ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक २ झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ५ आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै ६ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो ७ चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमयThe Film Nepal